काठमाडौँ: कुलेश्वरमा प्रहरीले गोली चलाएर दुई जना लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ।

लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले कुलेश्वर पुल नजिकै दुई राउण्ड गोली प्रहार गरी उनीहरूलाई नियन्त्रणमा लिएको हो।

ब्यूरोका इन्स्पेक्टर राकेश यादवको कमाण्डमा खटिएको टोलीले कारोबारीलाई पक्राउ गर्न गोली चलाउनु परेको ब्यूरोका एसएसपी सुवासचन्द्र बोहोराले जानकारी दिए। पक्राउ पर्नेमा एक जना नेपाली र एक जना भारतीय नागरिक रहेका छन्।

प्रहरीको गोली लागेर भारतीय नागरिक घाइते भएका छन्। उनको देब्रे खुट्टामा गोली लागेको छ। पक्राउ परेकाहरूको साथबाट ठूलो मात्रामा औषधीजन्य लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय