काठमाडौं :विश्व फुटबलमा फेरि एकदा स्पेनको साम्राज्य स्थापित भएको छ। साविक विजेता अर्जेन्टिनाको बलियो चुनौतीलाई पन्छाउँदै युरोपेली च्याम्पियन स्पेनले फिफा विश्वकप २०२६ को उपाधि आफ्नो पोल्टामा पारेको छ। सन् २०१० मा पहिलोपटक विश्वकप जितेको स्पेनले ठिक १६ वर्षपछि दोस्रोपटक सुनौलो इतिहास रच्न सफल भएको हो।

अमेरिकाको न्युयोर्कस्थित न्युजर्सी स्टेडियममा भएको यो महाभिडन्तमा निर्धारित ९० मिनेटसम्म दुवै टोलीबाट गोलरहित बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। रोमान्चक र तनावपूर्ण बनेको खेलको १०६औँ मिनेटमा स्पेनका फेर्रान टोरेज नायक बने। उनले गरेको एक मात्र निर्णायक गोल नै स्पेनलाई विश्वविजेता बनाउन पर्याप्त बन्यो।

अर्जेन्टिनालाई १० खेलाडीमा सीमित हुनुको घाटा खेलको निर्धारित ९० मिनेटको समयभित्रै अर्जेन्टिनाका स्टार मिडफिल्डर एन्जो फर्नान्डेजले दोहोरो पहेँलो (रातो) कार्ड खाँदै मैदान छाड्नु परेपछि अर्जेन्टिना १० खेलाडीमा सीमित भएको थियो। १० खेलाडीमा खुम्चिएको अर्जेन्टिनाको त्यही कमजोरीको फाइदा उठाउँदै अतिरिक्त समयमा स्पेनले आक्रामक खेल पस्कियो र ऐतिहासिक गोल निकाल्न सफल भयो। त्यसपछि अर्जेन्टिनाले कमब्याक गर्ने प्रयास गरे पनि स्पेनको बलियो रक्षापंक्ति तोड्न सकेन।

यसअघि सेमिफाइनलमा साविक विजेता अर्जेन्टिनाले इङ्गल्यान्डलाई २–१ गोलअन्तरले पराजित गर्दै फाइनलको यात्रा तय गरेको थियो भने स्पेनले उपाधि दाबेदार फ्रान्सलाई २–० ले पाखा लगाउँदै फाइनलमा स्थान सुरक्षित गरेको थियो।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय