धनगढी :कञ्चनपुरमा एकैपटक १४ जना महिला जंगलबाट वेपत्ता भएपछि स्थानीय क्षेत्रमा खैलाबैला मच्चिएको छ। भीमदत्त नगरपालिका–१९ बागफाँटाका महिलाहरू आइतबार बिहान च्याउ खोज्न शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज छिरेका थिए, तर साँझसम्म पनि उनीहरू घर नफर्किएपछि सिङ्गो गाउँ नै चिन्तामा डुबेको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर रावतका अनुसार भीमदत्त नगरपालिका–१९ को दशरथ टोल बस्ने यी महिलाहरू आइतबार बिहान ११ बजेतिर च्याउ टिप्न निकुञ्जको जंगलतर्फ गएका थिए। उनीहरू शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मालुमेला पोष्टबाट भित्र छिरेका थिए, जहाँबाट उनीहरू सम्पर्कविहीन बनेका हुन्।

९ र ५ को समूहमा गएका थिए महिलाहरू च्याउ खोज्न निकुञ्ज छिरेका महिलाहरूले ९ जना र ५ जनाको दुईवटा छुट्टाछुट्टै समूह बनाएका थिए।

वेपत्ता हुनेहरूको सूची:

१. सकनी चौधरी २. सविता चौधरी ३. सानी चौधरी ४. सकिया चौधरी ५. रमा चौधरी ६. लक्ष्मी चौधरी ७. मनिषा चौधरी ८. रिता चौधरी ९. सुनिता चौधरी १०. बिमला आग्री ११. सुमित्रा सुनार १२. शान्ति सुनार १३. प्रतिक्षा सुनार १४. सिवानी सुनार

खोजी कार्य तीव्र अँध्यारो भइसक्दा समेत कोही पनि सम्पर्कमा नआएपछि निकुञ्ज प्रशासन र नेपाल प्रहरीको टोलीले खोजी कार्य तीव्र पारेको छ। जंगली जनावरको उच्च जोखिम रहेको निकुञ्जभित्र एकैपटक यति ठूलो संख्यामा महिलाहरू हराएपछि खोजी कार्यलाई उच्च प्राथमिकतामा राखिएको प्रहरीले जनाएको छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय