काठमाडौँःप्रधानमन्त्री बालेन्द्र शाहले सोमबार पूँजी बजार, धितोपत्र व्यवसाय र बीमा क्षेत्रका प्रतिनिधिहरूसँग छलफल गरेका छन् ।

प्रधानमन्त्री शाहको सचिवालयले दिएको जानकारी अनुसार उक्त छलफल सोमबार मध्याह्न १२ बजेदेखि शुरू हुने भएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको छलफलमा नेपाल धितोपत्र बोर्ड (सेबोन), नेपाल स्टक एक्स्चेन्ज(नेप्से), स्टक ब्रोकर एशोसिएशन, बीमा कम्पनी तथा नेपालका अध्यक्ष सागर ढकाल, नासा सेक्युरिटिजका सन्दीप जलान, नेप्सेका पूर्वप्रमुख कार्यकारी अधिकृत सीताराम थपलिया, नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख नवराज सिलवाल र नागरिक स्टक डिलर कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत महेश्वरलाल श्रेष्ठ सहभागी हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

यस्तै प्रियाराज रेग्मी र अम्बिकाप्रसाद पौडेल पनि छलफलमा सहभागी रहनेछन् । छलफलमा पूँजी बजारको वर्तमान अवस्था, धितोपत्र व्यवसाय र बीमा क्षेत्रको सुदृढीकरण, नीतिगत सुधारका प्रयास तथा समग्र राष्ट्रिय अर्थतन्त्रसँग सम्बन्धित समसामयिक विषयमा विचारविमर्श भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय