कञ्चनपुर :च्याउ टिप्न जाँदा बेपत्ता भएका १४ महिला २५ घण्टापछि परिबारको सम्पर्कमा आएका छन् ।
आइतबार बिहान ११ बजे कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र च्याउ टिप्न गएका महिला सोमबार दिउँसो १२ बजे परिबारको सम्पर्कमा आएका हुन् । सम्पर्कमा आएका महिलाहरूले जंगलमा च्याउ खोज्दै जाँदा बाटो बिर्सिएपछि सम्पर्कविहीन भएको बताएका छन् ।
परिवारको सम्पर्कमा आएका उनीहरूको अवस्था बुझ्नका लागि प्रमुख जिल्ला अधिकारीको टोली समेत भीमदत्त नगरपालिका–१९ बागफाँटा पुगेको छ ।






