काठमाडौँःकाठमाडौंको नयाँ बसपार्कस्थित गेस्ट हाउसमा एक जना युवतीको हत्या भएको छ । नयाँ बसपार्कमा रहेको एक गेस्ट हाउसको कोठामा २५ वर्षीया निशा सुनार मृत्यु अवस्थामा फेला परेकी छन् ।
आइतबार गेस्ट हाउस सञ्चालकले कोठाभित्रबाट दुर्गन्ध आएपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थल पुगेको प्रहरीले उनको हत्या भएको जनाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार उनको हत्या पुुष्टि भएको छ । मृतक सुनार कैलालीको धनगढी उपमहानगरपालिकाकी रहेको खुलेको छ ।
प्रहरीले घटनामा संलग्न व्यक्तिको खोजी गर्दै अनुसन्धान अघि बढाएको छ । उनको शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।






