चरिकोट :दोलखाको गौरीशंकर गाउँपालिका वडा नम्बर ९ स्थित सिप्रिङ खोलामा आएको बाढीले एक जनालाई बगाएको छ भने चार जना जलविद्युत् केन्द्रका कर्मचारी भीरमा अड्किएका छन्।

मंगलबार राति आएको बाढीले स्थानीय ७३ वर्षीय चसमान तामाङलाई गोठसहित बगाएर बेपत्ता बनाएको हो। यस्तै, बाढीका कारण सिप्रिङ खोला जलविद्युत् केन्द्रमा कार्यरत कर्मचारीहरू सुकदेव श्रेष्ठ, सूर्यबहादुर तामाङ, कल्याण विक र विनोद श्रेष्ठ भीरको खुड्किलोमा अड्किएका छन्। खोलामा पानीको बहाव लगातार बढिरहेकाले उनीहरूको उद्धारमा निकै कठिनाइ भइरहेको वडाध्यक्ष ङिमगेली शेर्पाले जानकारी दिनुभयो।

दुर्गम क्षेत्र भएकाले सिंगटी और रोल्वालिङबाट प्रहरी टोली पैदलै घटनास्थलतर्फ गइरहेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख डीएसपी मनोज लामाले बताउनुभयो। बाढीले जलविद्युत् केन्द्रको ड्याम साइटमा क्षति पुर्‍याउनुका साथै खोलाको दुवै किनारमा तीव्र कटान गरिरहेको स्थानीयले बताएका छन्।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय