काठमाडौँ :अनशनरत डा. गोविन्द केसी र सरकारबीच आज निर्णायक बार्ता हुने भएको छ ।
सरकारी वार्ता टोलीका अन्य सदस्यहरू काठमाडौँ बाहिर वा व्यस्त रहेकाले हिजो औपचारिक वार्ताे हुन नसकेपछि आज बार्ता हुन लागेको केसीका सहयोगी डा. अमृत जैसीले जानकारी दिनुभयो । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारका विभिन्न माग राख्दै डा. केसी विगत चार दिनदेखि आमरण अनशनमा हुनुहुन्छ । आज हुने वार्ताले उहाँका माग सम्बोधन गर्दै अनशन अन्त्य गराउन सकारात्मक निष्कर्ष निकाल्ने अपेक्षा गरिएको छ ।
अस्पतालमा उपचाररत डा. केसीलाई भेट्न सरकारी वार्ता टोलीका सदस्य एवम् शिक्षा सचिव चूडामणि पौडेल हिजो शनिबार आफैँ पुग्नुभएको थियो । भेटमा सचिव पौडेलले डा. केसीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै सरकारका तर्फबाट सद्भाव व्यक्त गर्नुभएको सहयोगी जैसीले जानकारी दिनुभयो ।
यसैबिच धनगढीमा अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रिएपछि सेती प्रादेशिक अस्पताल लगिएको छ। धनगढीको कृष्ण मन्दिर धर्मशालाको २११ नम्बर कोठामा सत्याग्रहमा बसेका केसीको अवस्था बिग्रिएपछि चिकित्सकको सल्लाहमा प्रादेशिक अस्पताल सारिएको हो।
उहाँको आइसियुमा राखेर उपचार भइरहेकोछ ।






