काठमाडौँःझापाको मेचीनगर नगरपालिका–६ काँकरभिट्टास्थित अरुणोदय इङ्लिस बोर्डिङ स्कुलको आवासीय भवनमा एक शिक्षिकाको शव फेला परेको छ । सर्लाही लालबन्दी–२ निवासी २९ वर्षीया कविताकुमारी ढुङ्गाना मृतावस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

ढुङ्गाना आफ्ना श्रीमान् ३० वर्षीय रतन गुप्तासँग विद्यालय परिसरभित्रको आवासीय कोठामा बस्दै आउनुभएको थियो । दुवै जना गत वैशाखदेखि सोही विद्यालयमा अध्यापन गर्दै आएका थिए । विद्यालयका प्रधानाध्यापक दुर्गाबहादुर लुइँटेलका अनुसार विद्यालय सञ्चालन भएपछि पनि दुवै शिक्षक सम्पर्कमा नआएपछि खोजी गरिएको थियो । बेलुका रतन गुप्ताले वाट्सएपमार्फत श्रीमती झुन्डिएको अवस्थामा फेला परेको, आफूले शव अर्को कोठामा सारेको र डरका कारण त्यहाँबाट निस्किएको भन्दै कानुनी प्रक्रिया पूरा गरिदिन अनुरोध गरेका थिए ।

प्रहरीका अनुसार घटनाको कारण खुल्न बाँकी रहेको छ । शव परीक्षणसहित घटनाबारे अनुसन्धान भइरहेको छ भने सम्पर्कविहीन रहेका श्रीमान् रतन गुप्ताको खोजी भइरहेको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय