१६ साउन, काठमाडौं । विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा (निम्स दाई) को निधन भएको छ । साहसिक पर्वतारोहणको क्षेत्रमा ‘नथिङ इज इम्पोसिबल’ भन्ने नारालाई विश्वभर स्थापित गरेका विश्वविख्यात आरोही निर्मल पुर्जा ‘निम्स दाइ’ को पाकिस्तानको ब्रोड पिक हिमालमा आएको हिमपहिरोमा परी निधन भएको छ। उनी संस्थापक रहेको आरोहण कम्पनी ‘इलाइट एक्सपेड’ ले शनिबार यसको आधिकारिक पुष्टि गरेसँगै सिङ्गो पर्वतारोहण जगत स्तब्ध बनेको छ।

पुर्जा संस्थापक रहेको संस्था इलाइट एक्सपेडले उनको निधन भएको जानकारी सञ्जालमार्फत गराएको हो । गत बिहीबार ८,०४७ मिटर अग्लो ब्रोड पिकमा आएको भीषण हिमपहिरोमा पुर्जाको नेतृत्वमा रहेको १० सदस्यीय टोली परेको थियो।

निर्मल पुर्जाको जन्म म्याग्दी जिल्लाको विकट दाना गाउँमा भएको हो। भूपू सैनिक परिवारमा जन्मिएका उनको बाल्यकाल र प्रारम्भिक शिक्षा भने चितवनमा वित्यो। सानैदेखि केही फरक र साहसिक काम गर्ने रुचि भएका पुर्जा सन् २००३ मा १८ वर्षको उमेरमा ब्रिटिस गोर्खा सैनिकमा छनोट भएका थिए ।
बेपत्ता १० मध्ये ६ जना नेपाली पर्वतारोही रहेका थिए । ४ जनाको शव भने शुक्रबार नै फेला परेको जनाइएको थियो ।
पुर्जाले सन् २०१९ मा विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ हिमाल केवल छ महिनाभन्दा केही बढी अवधिमा आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका थिए ।
50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय