काठमाडौँ:पाकिस्तानको ब्रड पिक हिमालमा गएको विनाशकारी हिमपहिरोमा परी नेपालका ६ जना पर्बतारोही सहित १० जनाको मृत्यु भएको छ ।

८ हजार ४७ मिटर अग्लो ब्रड पिक आरोहणका क्रममा हिमपहिरो जाँदा नेपालका विश्वकीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा निम्स दाई सहित ६ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा पुरबहादुर गुरुङ युक्त,निमा शेर्पा,किली पेम्बा शेर्पा,ग्यालु शेर्पा र नवाङ थिन्दु शेर्पा रहेका छन् । यस्तै ओमानकी नधिरा अहमद अब्दुल्लाह अल हार्थी र अमेरिकी आरोही म्यालोरी गेइसको पनि मृत्यु भएको छ ।

हिमपहिरोमा परी बिहीबारदेखि बेपत्ता हुनुभएका चर्चित पर्वतारोही निर्मल पुर्जाको आरोहण संस्था इलाइट एक्सपेडले शनिबार दिउँसो निधनको पुष्टि गरेको हो । उक्त संस्थाले वक्तव्य जारी गर्दै निम्स दाईसहित उनका विश्वासिला आरोहण सहयात्री तथा गाइड पुरबहादुर गुरुङ युक्ता र निमा शेर्पाको दुःखद निधन भएको जानकारी दिएको हो।

उक्त हिमपहिरोमा नेपाल, ओमान, पाकिस्तान, चीन र अमेरिकाका गरी कुल १० जना आरोहीहरू बेपत्ता भएका थिए । विश्वका १४ वटा ८ हजार मिटरभन्दा अग्ला हिमालहरू द्रुत गतिमा आरोहण गरेर विश्वकीर्तिमान कायम गर्नुभएका निम्स दाईको यो अकल्पनिक निधनले विश्व पर्वतारोहण क्षेत्र र नेपाललाई ठूलो क्षति पुगेको छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय