काठमाडौँः जेनजी आन्दोलनमा कारागारबाट भागेका व्यक्ति पक्राउ परेका छन् ।
चितवनको राप्ती नगरपालिका–११ थाकलटारका ४५ वर्षीय आइतसिंह लामालाई प्रहरीले आइतबार बिहान सवा ३ बजे उनकै घरबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता चन्द्रभूषण यादवका अनुसार पक्राउका क्रममा लामाको साथबाट एक थान भरुवा बन्दुक पनि बरामद गरिएको छ । लामा भदौ २४ गते भरतपुर कारागारबाट फरार भएका थिए ।
उनी एकसिंगे गैँडा मारेको अभियोगमा दोषी ठहर भई १५ वर्ष कैद र १० लाख रुपैयाँ जरिवानाको सजाय भोगिरहेका थिए । प्रहरीले लामामाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।






