नेपाली क्रिकेट फेरि एकपटक निर्णायक मोडमा आइपुगेको छ। मैदानमा खेलाडीको प्रदर्शनसँगै अब कप्तानको रणनीति, नेतृत्व क्षमता र दबाबमा सही निर्णय लिन सक्ने क्षमताको पनि कडा परीक्षा हुँदैछ। यही संवेदनशील समयमा नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेलाई पुनः एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) टोलीको कप्तानको जिम्मेवारी दिएको छ।

रोहित पौडेललाई हटाउँदै सन्दीपलाई ओडीआई कप्तान बनाउने निर्णय आगामी एसीसी मेन्स प्रिमियर कपको तयारीका क्रममा सार्वजनिक भएको हो। मलेसियामा अगस्ट ३० देखि सेप्टेम्बर १२ सम्म हुने प्रतियोगिता सन्दीपको दोस्रो कप्तानी यात्राको सुरुवात मात्र होइन, नेपाली क्रिकेटको आगामी दिशाका लागि पनि महत्वपूर्ण बन्ने देखिन्छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय