काठमाडौंः नेपाली कांग्रेसको संस्थापन इतर समूहले साउन २९ देखि ३१ गतेसम्म आयोजना गर्ने राष्ट्रिय भेलाका लागि सुकेधारास्थित मिराकल पार्टी प्यालेस तय गरेको छ ।

भेलाको उद्घाटन शुक्रबार दिउँसो १ बजे हुने आयोजकले जनाएको छ । तीन दिनसम्म चल्ने भेलामा पूर्वसभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने कार्यक्रम छ । देउवा साउन २६ गते स्वदेश फर्किएर भेलामा सहभागी हुने यसअघि नै बताइएको थियो । भेलामा ठूलो संख्यामा नेता–कार्यकर्ता सहभागी हुने आयोजकको अपेक्षा छ ।

कांग्रेसको आन्तरिक एकता र आगामी राजनीतिक दिशाबारे भेलामा छलफल हुने बताइएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय