काठमाडौँः सिरहाको गोलबजार क्षेत्रमा साउन १४ गते भएको प्रदर्शनका क्रममा तोडफोड तथा आगजनीबाट करिब ७४ करोड १३ लाख ९० हजार रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी वासुदेव पाठकका अनुसार पीडितबाट प्राप्त निवेदन र स्थलगत मुचुल्काका आधारमा क्षतिको विवरण तयार गरिएको हो । प्रहरीका अनुसार १५ निजी घर, १८ पसल तथा व्यवसाय, २८ सवारीसाधन तथा धार्मिक र शैक्षिक स्थल गरी ६४ संरचनामा क्षति पुगेको छ । निजी घर तथा व्यापारिक संरचनामा ३४ करोड ५ लाख ५९ हजार, पसल तथा व्यवसायमा ३३ करोड १७ लाख १२ हजार, सवारीसाधनमा १ करोड २ लाख र धार्मिक तथा शैक्षिक स्थलमा ५ करोड ८१ लाख ९० हजार रुपैयाँ बराबरको क्षति भएको छ ।

प्रदर्शनपछि करिब एक सातादेखि बन्द गोलबजारका पसल मंगलबार बिहानदेखि सञ्चालनमा आएका छन् । स्थानीय तह, प्रशासन, राजनीतिक दल तथा विभिन्न समुदायले सामाजिक सद्भाव कायम गर्दै जनजीवन सामान्य बनाउन पहल गरिरहेका छन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय