काठमाडौं । नेपाल आयल निगमले आज पाँच स्थानबाट ग्यास वितरण गरिरहेको छ । ग्यास वितरण गर्ने सूचना पाएका उपभोक्ता बिहान सबेरैदेखि तोकिएका स्थानमा पुगेर लाइनमा बसेका छन् ।

जिल्ला प्रशासन कार्यालय, काठमाडौं र नेपाल आयल निगमको समन्वयमा शनिबार काठमाडौंको पाँच ठाउँबाट ग्यास बिक्री गर्ने सूचना निकालिएको थियो । उक्त सूचनासँगै ग्यास अभाव झेलिरहेका उपभोक्ता बिहानैदेखि लाइनमा बसेका छन् । घण्टौँ लाइनमा बसेर उपभोक्ताले ग्यास सिलिन्डर साटिरहेका छन् ।

बिहान १० बजेदेखि साँझ ६ बजेसम्म तोकिएका बिक्री केन्द्रमा गएर ग्यास खरिद गर्न सकिने निगमले बताएको छ ।निगमको टेकु परिसरबाट नेपाल, एचपी, एभरेस्ट/सुगम, श्रीराम, सगर, सिद्धार्थ, श्री र हिमाल ग्यास बिक्री भइरहेको छ ।

यातायात कार्यालय परिसर, चाबहिलबाट नेपाल र एचपी ग्यास बिक्री भइरहेको छ । राधास्वामी, कीर्तिपुर परिसरबाट नेपाल, एचपी, एभरेस्ट/सुगम, श्रीमाया, श्रीकृष्ण, साइजवाला र ओम ग्यास बिक्री भइरहेको छ ।

राधास्वामी, बसुन्धरा परिसरमा नेपाल, एचपी, एभरेस्ट/सुगम, भानु र ओम ग्यास बिक्री भइरहेको छ । निगमले पुरानो जिल्ला प्रशासन कार्यालय, बबरमहलबाट नेपाल, एचपी, एभरेस्ट/सुगम, श्रीराम, सगर, हिमाल, लोकप्रिय र सूर्य ग्यास उपलब्ध गराइरहेको छ ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

 

 

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय