८ भदौ काठमाडौ। अनुपम द्वार पार्टी भेन्युमा शनिबार माओबादी केन्द्रको नुवाकोट काठमाडौ सम्पर्क समन्वय समितिको ८ औं जिल्ला भेलाबाट प्रकाश रैला अध्यक्ष निर्बाचित भए। उक्त भेलामा नेपाल कमुनिस्ट पार्टी (माओबादी केन्द्र)का अध्यक्षले माओवादीमा यसबीचमा थोरै कमजोर भएको भएपनि सुशासनको पक्षमा युद्ध गर्नुपर्ने बेला आएको बताए।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्रका सबै एक भएर लाग्दा आगामी निर्वाचनमा सफलता प्राप्त गर्न सकिने बताएका छन्।
‘६४ को निर्वाचनमा भोट हाल्ने जनताको छोराछोरी, जो त्यतिबेला उमेर पुगेको थिए। अहिले उमेर पुगेर कहाँ छन्? उनीहरूको तथ्याकं संकलन गर्नुपर्यो,’ अध्यक्ष प्रचण्डले भने, ‘उनीहरूलाई सम्पर्क गरेर अपिल गर्नुपर्यो। पालिका पालिकाले लिस्ट बनाउनुपर्यो। कति देशभित्र छन् र बाहिर छन् भनेर सम्पर्क गरेर अपिल गर्नुपर्यो।’साथै, उनले आफूले सरकार छाड्दैगर्दा कमाण्डरजस्तो बनेर छाडेको दाबी गरेका छन्।

‘तपाईं हामी सबै एक भएर लाग्यौँ भने, ०८४ हा हामी ०६४ को हैसियत प्राप्त गर्न सक्छौँ। त्यसपछि यी भ्रष्टाचारीहरू, जो अहिले संख्या देखाएर हामीलाई बाहिर पुर्याएका छन्,’ अध्यक्ष प्रचण्डले भने, ‘यीनीहरूलाई कहिल्यै पनि आउन नदिने वातावरण बनाउन सकिन्छ। त्यो बनाउनै सकिन्छ। एकचोटी हामीले आँट गर्यौँ भने सक्छौँ। मलाई आँट छ। मैले प्रधानमन्त्री छाड्दै गर्दा कमाण्डरजस्तो भएर छाडेको छु।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय