काठमाडौँ । सुनको मूल्य आज पनि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सोमबारका लागि तोकेको मूल्य अनुसार सुनको मूल्य प्रतितोला ३ लाख ६ हजार ८०० रुपैयाँ कायम भएको हो ।
आइतबार यस्तो मूल्य ३ लाख ५ हजार २ सय रुपैयाँ रहेको थियो । त्यस्तै, चाँदीको मूल्य पनि आज बढेको छ । चाँदी आज प्रतितोला ४ हजार ७७० रुपैयाँ कायम भएको छ । आइतबार चाँदीको मूल्य प्रतितोला ४ हजार ७१० रुपैयाँ रहेको थियो ।






