काठमाडौं । अनलाइन न्युजपोर्टल उकालो डटकमको कार्यालयमा चोरी भएको छ ।

हाँडीगाउँस्थित उकालोको कार्यालयमा मध्यरातमा चोरी भएको प्रहरीले स्रोतले बतायो । प्रहरीका अनुसार राति साढे ११ बजेतिर ल्यापटप र कम्प्युटर गरी तीन थान चोरी भएको हो । कार्यालय नजिकै बन्दै गरेको घरबाट उकालोको कार्यालयमा प्रवेश गरी चोरी भएको पाइएको छ ।

‘बन्दै  गरेको घरबाट पछाडितर्फबाट भित्र छिरेर चोरी भएको छ । हामी अनुसन्धान गरिरहेका छौं’ प्रहरी स्रोतले भन्यो । कार्यालयबाटै ल्यापटप र कम्प्युटर चोरी भएपछि प्रहरी वृत्त मालिगाउँमा उकालो कार्यालयका तर्फबाट उजुरी समेत परेको छ ।

सीसीक्यामेराको फुटेजमा चार जनाको गतिविधि देखिएको प्रहरीले बताएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय