काठमाडौं । स्पानिस क्लब बार्सिलोनाले फिफा विश्वकप २०२६ को उत्कृष्ट खेलाडी रोड्रीलाई अनुबन्ध गर्ने भएको छ ।
स्पेनलाई १६ वर्षपछि विश्वकप जिताउने टिमका कप्तान तथा मिडफिल्डर रोड्रीलाई ६५ मिलियन पाउण्डमा अनुबन्ध गर्न बार्सिलोना तयार भएको बीबीसीले उल्लेख गरेको छ ।
३० वर्षे रोड्रीले सन् २०२४ मा बालोन डे’ओर अवार्ड जितेका थिए । रोड्रीले ला लिगाको च्याम्पियन बार्सिलोनासँग ४ वर्षको सम्झौता गर्ने तयारी छ ।
केही दिनभित्रै यो ट्रान्सफर पूरा हुने बीबीसीले जनाएको छ ।






