काठमाडौँः काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका–१ स्याउरेथलीमा बोलेरो गाडी दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने चार जना गम्भीर घाइते भएका छन् ।

जगथलीबाट बनेपातर्फ आउँदै गरेको बा २१ च २४२ नम्बरको बोलेरो सोमबार बिहान साढे ११ बजे ब्रेक फेल भएर सडकबाट करिब दुई सय मिटर तल खसेको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा खानीखोला–४ का कलकबहादुर माझी र खानीखोला–२ की अनिता मोक्तान रहेका छन् । दुर्घटनामा खानीखोला–५ का बहुतमान रुम्बा, खानीखोला–३ का प्रदिप जर्घामगर, सिन्धुपाल्चोकका धनपति रावल र बनेपा–साँगाका राहुल तामाङ गम्भीर घाइते भएका छन् ।

खराब मौसमका कारण हेलिकप्टरबाट उद्धार सम्भव नभएपछि घाइतेलाई स्थलमार्गबाट धुलिखेलतर्फ ल्याइएको प्रहरीले जनाएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय