काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले सरकारले निन्दा, प्रश्न र आलोचना के हो भनेर फरक छुट्याउन नसेकेको टिप्पणी गरेका छन् ।
सोमबार पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो टिप्पणी गरेका हुन् ।
सरकारले सार्वजिनक संस्थाहरू नाफामा गएका छन् भनेर हल्ला गर्न थालेपछि आफूले दिएको सुझाव र रचनात्मक आलोचनालाई निन्दाको रुपमा लिइएको भन्दै आफूले त्यस्तो नभनेको उनको प्रष्टोक्ति थियो ।
‘सरकारले सञ्चालन गरेका सार्वजनिक संस्थाहरू नाफामा जान थालेको भन्ने भनियो । नाफामा गएको छैन है भनेर मैले भनेँ । संसद्मा पनि हंगामा भयो । कतिपय सांसदहरूको मैले हेरेँ, पढेँ,’ थापाले भने, ‘व्यापक रूपमा गालीगलौज छ । यत्रो नाफामा संस्था लिएर जान लागेको बेलामा तँलाई टाउको दुख्यो । पार्लियामेन्टमा पनि हंगामा भयो । सरकारले आलोचना के हो, प्रश्न के हो र निन्दा के हो भन्ने कुराको फरक छुट्याउन सकेको छैन । त्यो मेरो आलोचना थियो, त्यो मेरो प्रश्न थियो, त्यो मेरो विवेचना थियो । त्यो मेरो सुझाव थियो । निन्दा थिएन ।
१ सय १० रुपैयाँमा प्रत्येक लिटर दूध किनेर १ सय रुपैयाँमा बेच्ने संरचना रहेसम्म सार्वजनिक संस्था नाफामा हुननसक्ने उनले बताए ।
‘त्यो मैले पनि सक्दिनँ, प्रधानमन्त्रीले पनि सक्नुहुन्नँ । मैले दोष दिएको होइन,’ उनले भने ।






