अनेरास्वोवीयू(क्रान्तिकारी)को २३औं राष्ट्रिय सम्मेलनको भब्य शुभकामना सहित अब आउने नेतृत्त्वोले आम बिद्यार्थीको शैक्षिक एजेन्डा निर्माण, आन्दोलन र प्रगतिशील योजनाको अगुवाई गरी समाजबाद शिक्षाको स्थापनाको निम्ति जोडदार मागको अपिल गर्दछु।
क्रान्तिकारी यूवा विद्यार्थीहरुको एकता र धुवीकरणलाई आत्मसात गर्दै एकता र ध्रुवीकरणलाई जोड दिने नेतृत्वोको अपेक्षा गर्दछौँ।
किर्तन अधिकारी – बिद्यार्थी

अखिल (क्रान्तिकारी) को भावी नेतृत्व समाजवादी शिक्षासहितको विद्यार्थी आन्दोलनको कार्यदिशा लागू गर्न सक्ने र संगठनात्मक विधिलाई कार्यान्वयन गर्नसक्ने एक कुशल क्रान्तिकारी व्यक्ति हुनुपर्छ। सफा राजनीतिक पृष्ठभूमि भएको, सिद्धान्तनिष्ठ कार्यशैली भएको, आर्थिक रुपमा पारदर्शी र शैक्षिक माफियाहरुसंग नबिक्ने क्रान्तिकारी निष्ठा र इमान बोकेको व्यक्ति हुनुपर्छ। र, मुख्य कुरो अखिल क्रान्तिकारीको भावी नेतृत्व वास्तविक विद्यार्थी र विद्यार्थी उमेर समूहको हुनुपर्छ।
अमृत खनाल -बिद्यार्थी

भोलि बाट सुरु हुन लागेको अखिल (क्रान्तिकारी) को २३औं राष्ट्रिय सम्मेलनको सम्पूर्णमा शुभकामना सहित अब हुने अध्यक्षले बिद्यार्थीको मनोविज्ञान बुझी बिद्यार्थीको समस्यालाई समाधानको निकासको पहलकदमी गर्नुपर्छ।
सपना अधिकारी – बिद्यार्थी

संगठनलाई सुदृढ बनाउन र बिद्यार्थीहरूको विश्वास कायम राख्न अब पुरानै शैलीलाई फड्को मार्दै जो क्याम्पसमा भिजेका छन्, बिद्यार्थीहरूको मुद्धा र चुनौतीहरू बुझ्छन् र तिनको पक्षमा दृढ भएर अगाडि बढ्न सक्ने नेत्रित्वो आउनुपर्छ। अहिलेको अवस्था हेर्दा, एउटा व्यक्ति मात्र बोक्ने र गुट चलाउने प्रवृत्तिले संगठनलाई कमजोर बनाएको छ। यस्ता कामले संगठनको आन्तरिक संतुलन बिगार्दै कमिटीलाई निष्क्रिय बनाउने खतरा बढाएको छ। संगठनको भविष्य निश्चित गर्न विचार र सिद्धान्तमा आधारित नेतृत्वलाई प्राथमिकता दिनुपर्छ।
यदि तपाईं सचेत हुनुहुन्छ भने, सम्मेलनमा आफ्नो नेता आफ्नै बिबेकको प्रयोग गरी छान्ने गर्नुहोस्। संगठनलाई दिर्घकालीन सफलता दिलाउन व्यक्तिवादी र गुटवादी प्रवृत्तिहरूलाई त्याग्नु जरुरी छ।
रोशन कालिकोटे – बिद्यार्थी

वास्तविक विद्यार्थीले उपयुक्त ठाँउ नपाउनु सिंगो सङ्गठनको लागि हानिकारक छ। विद्यार्थीको मुद्धा भन्दा आफनो पार्टीको मुद्धा बोकेर हिड्नु गलत छ,सहि विद्यार्थी,सही उमेर र विद्यार्थीको वास्तविक मुद्धा बोक्नेले संगठन हाँक्न जरूरत छ। अबको मुलभूत नेतृत्वो बास्तबिक बिद्यार्थीको हातमा फर्किन आबश्येक छ।
अनुप खत्री -बिद्यार्थी

बिद्यार्थीको प्रेरणा बन्न सक्ने नेतृत्व चयन गरौँ,
राष्ट्रिय सम्मेलन भब्य रूपमा सफल पारौँ।
अनेरास्वोवीयू(क्रान्तिकारी)को २३औं राष्ट्रिय सम्मेलनको भब्य शुभकामना एबं स्पस्ट सही शिक्षा नीति र ज्ञानभएको नेतृत्वोको आबश्येक्ता !!
समुन्द्र सिम्खडा -बिद्यार्थी

अबको नेतृत्वोमा शिक्षामा निजीकरण तथा व्यापारीकरण गर्ने, विदेशी दातृराष्ट्र तथा संस्थाको इसारामा चल्ने, अवैज्ञानिक र वुर्जुवा शिक्षा नीतिका विरुद्ध नि विद्यालयको राष्ट्रियकरणसहित शिक्षाको अन्तरवस्तुमा रहेको सामन्तवादी तथा औपनिवेशिक विषयवस्तुको अन्त्य गरी समाजवाद अन्तर्वस्तु सहितको वैज्ञानिक र जनमूखी शिक्षाको संघर्स गर्ने सक्ने कुशल बिद्यार्थी नेता चयन गरौँ।
बिशाल देवकोटा- बिद्यार्थी

नेपाली जनताले चलाएको प्रगतिशील, जनवादी सांस्कृतिक आन्दोलनको अगुवाई गर्ने नेतृत्वोको आबश्येक्ता ।
सुनिल बगाले -बिद्यार्थी

अनेरास्वोवीयू(क्रान्तिकारी)को २३औं राष्ट्रिय सम्मेलनको भब्य शुभकामना सहित भ्रस्ट र विकृत सामन्ती, दलाल, नोकरशाही तथा पाश्चात्य पूँजीवादी साम्राज्यवादी छाडा संस्कृतिका विरुद्ध सही, जनवादी/समाजवादी वैज्ञानिक संस्कृति निर्माण गर्ने, प्रगतिशील नैतिकता र आचरणमा जोडदिने आचरण भएको नेतृत्वोलाई आग्रगामी बहुमतले बिजय गरौँ।
अन्जन माग्रती – बिद्यार्थी

वर्गीय, जातीय, क्षेत्रीय र लैङ्गिकरूपमा नेपाली समाजमा विद्यमान शोषण र उत्पीडनको अन्त्य गरी आत्मनिर्णयको अधिकारसहित संघीय गणतन्त्रात्मक नेपाललाई जनताको वास्तविक गणतन्त्रमा रुपान्तरण गर्न जनवादी क्रान्तिका बाँकी कार्यभार पुरागर्दै समाजवादको आधार तयार गर्ने लक्ष्य सहित नेपाली जनताले सञ्चालन गर्ने जनआन्दोलन र जनविद्रोहमा होमिने नेतृत्वोलाई चयन गरौँ।
राजु खनाल -बिद्यार्थी

महिलाहरू माथिको उत्पीडनको अन्त्य गर्ने र अरु क्षेत्रमा झै शिक्षा क्षेत्रमा पनि विशेष अवसर प्रदान गर्ने चरित्र भएको अध्यक्षको माग गर्दछु ।
आरती श्रेष्ठ – बिद्यार्थी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय