काठमाडौं । गृहमन्त्री रमेश लेखकले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको अनुसन्धानको क्रममा सरकारले प्रतिशोधको व्यवहार नगरेको दाबी गरेका हुन । २ कात्तिकमा सहकारीको रकम अपचलनको आरोपमा प्रहरीले लामिछानेलाई पक्राउ गरेको थियो । लामिछानेमाथि सत्तामा रहेका दलले राजनीतिक प्रतिशोध साँधेको रास्वपाले आरोप लगाउँदै आएको छ ।

आइतबार चितवनमा पत्रकारको जवाफमा लामिछानेमाथि अनुसन्धान कानुन बमाजिम भएको र स्वैच्छाचारी ढंगले नभएको मन्त्री लेखकले दाबी गरे हुन । ‘अनुसन्धान कानुनभन्दा बाहिर गएको छैन । अदालतबाट प्रहरीले म्याद मागेको छ । अदालतले कानुन बमोजिम म्याद दिएको छ,’ गृहमन्त्री लेखकले भनेका हुन।

कानुन बमोजिम भएको अनुसन्धान प्रतिशोधपूर्ण नहुने लेखकले जिकिर गरे हुन । चितवनबाट २० मंसिरमा पोखरा लामिछानेलाई सार्ने क्रममा राज्यले अमानवीय व्यवहार नगरेको दाबी गरेका हुन ।

सरकार प्रत्येक व्यक्तिको मानव अधिकारप्रति प्रतिबद्ध रहेको दाबी गर्दै लेखकले भने, ‘प्रत्येक नागरिकको मानवधिकारप्रति सरकार सचेत रहेको छ । चाहे थुनवामा रहेको मानिस होस् । चाहे कारागार, चाहे हिरासतमा रहेको होस् ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय