आरुघाट काठमाडौ सम्पर्क समन्वय समितीले वनभोज कार्यक्रमको आयोजना गर्ने भएको छ।

काठमाडौँ उपत्यकामा कार्यक्षेत्र बनाएर बसोबास गरिरहेका पार्टी नेता कार्यकर्ताहरूलाई लक्षित गरेर यो बनभोज कार्यक्रम हुने लागेको हो ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट पार्टीको छातासँगठन यस समितिले पहिलोपटक वनभोज कार्यक्रमको आयोजना गर्न लागेको हो ।

माओवादी केन्द्र तथा आरुघाट गाउँपालिकामा आवद्ध भएका सम्पूर्ण नेता कार्यकर्ताबीच आत्मियता बढाउन र सहकार्यको वातावरणका लागि एकआपसमा सम्बन्ध विस्तार होस् भनेर यस कार्यक्रमको आयोजना गरिएको यस आरुघाट सम्पर्क समिती एवं वनभोज कार्यक्रमका संयोजक आषिश खनालले जानकारी दिए।

वनभोज कार्यक्रम आगामी माघ १२ गते शनिबार काठमाडौँको गोकर्णश्वरस्थित जगडोल पार्क विहान ७ बजेबाट सुरु हुने काठमाडौ सम्पर्क समितीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय