गोरखा-काठमाडौँ सम्पर्क समन्वय समितिको आयोजनामा फागुन १० गते शनिबार,थानकोट स्थित काठमाडौँको त्रिभुवन पार्कमा बृहत् बनभोज कार्यक्रम हुने भएको छ।
यस विशेष कार्यक्रममा प्रमुख अतिथिको रूपमा प्रचण्ड उपस्थित हुनेछन्। गोरखा-काठमाडौँ सम्पर्क समन्वय समितिका अध्यक्ष चन्दन थापा मगरले सम्पूर्ण गोरखाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई कार्यक्रममा उपस्थित हुन अनुरोध गरेका छन्। उनले विशेष रूपमा YCL र विद्यार्थी युवा वर्ग तथा पार्टीको विभिन्न जनवर्गीय संगठनमा आवद्ध कार्यकर्ता तथा समर्थकहरुलाइ कार्यक्रममा सहभागी हुन आग्रह गरेका छन्।
कार्यक्रमको मुख्य उद्देश्य गोरखाली समुदायबीच आत्मीयता बढाउनु, परम्परा जगेर्ना गर्नु, तथा भविष्यका योजनाहरूमा छलफल गर्नु हो। साथै, कार्यक्रममार्फत माओवादी केन्द्रका नेता तथा कार्यकर्ताबीच सहकार्यको वातावरण सिर्जना गर्ने लक्ष्य राखिएको छ।
कार्यक्रमका मुख्य आकर्षणहरू:
✅ आपसी परिचय र भेटघाट
✅ मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रमहरू
✅ पार्टीको कार्ययोजनाको छलफल
✅ अनुभव आदान-प्रदान तथा भविष्यका योजनाहरूमा छलफल
गोरखा माओवादी केन्द्र सम्पर्क समन्वय समितिका सचिव चित्र भुजेलका अनुसार, “यो कार्यक्रम माओवादी नेता तथा कार्यकर्ताबीच आपसी सम्बन्ध विस्तार गर्न, सामूहिक सद्भाव मजबुत बनाउन, तथा राजनीतिक तथा सामाजिक सञ्जाल विस्तार गर्ने महत्वपूर्ण अवसर हुनेछ।”
कार्यक्रम बिहान ७ बजेबाट सुरु हुनेछ। गोरखा-काठमाडौँ सम्पर्क समन्वय समितिले सम्पूर्ण गोरखाली समुदायलाई उत्साह, उल्लास र मित्रताको वातावरणमा सहभागिता जनाउन हार्दिक निमन्त्रणा गर्दछ। तपाईंको उपस्थिति कार्यक्रमलाई थप भव्य र सफल बनाउन मद्दत गर्नेछ!






