काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले काठमाडौं महानगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत पाउन नसकेको विषय संसद्मा उठाएका छन् । मंगलबार पनि उनले यो विषय उठाएका हुन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसद शाहीले प्रमुख प्रशासकीय अधिकृत नपठाएको भनेर संघीय सरकारको आलोचना गरे ।

प्रमुख प्रशासकीय अधिकृत नहुँदा सम्बन्धित स्थानीय तहबाट हुने सेवा प्रवाहमा असर परेको उनले बताए । उनले तलब रोकिँदा शिक्षक र कर्मचारी पनि समस्यामा परेको बताए । प्रमुख प्रशासकीय अधिकृत नहुँदा काठमाडौं महानगरपालिकाका शिक्षक र स्वास्थ्य सेवाका कर्मचारीले पनि तलब पाउन नसकेको भन्दै उनले ओली सरकारको आलोचना गरे ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह जस्तासँग डर लागे स्थानीय तहको चुनाव नै नगर्ने बाटो अवलम्बन गर्न उनले संघीय सरकारलाई चेतावनी दिए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय