फिल्म ‘रामायण’को कमाइमा सोमबार केही गिरावट आए पनि बक्स अफिसमा भने यसले नयाँ कीर्तिमान रचेको छ । भारतीय बक्स अफिसमा यसले ‘आरआरआर’को रेकर्ड तोडेको छ भने विश्वव्यापी कमाइमा यो ‘पुष्पा २’को नजिक पुगेको छ ।
नितेश तिवारीको निर्देशन रहेको फिल्म रणवीर कपुर, यश र साई पल्लवीको मुख्य भूमिका छ । आइतबार (एघारौँ दिन) ७५ करोड भारु संकलन गरेको फिल्मले सोमबार (१२औँ दिन)मा कमाइमा गिरावट देखिएको छ । १२औँ दिन सोमबार फिल्मले ३२ करोड भारु कमाएको छ। यससँगै भारतमा ‘रामायण’को कुल नेट कमाइ ७९३.०५ करोड छ।
‘रामायण’ ले भारतमा मात्र नभई विदेशी बजारमा पनि आक्रामक व्यापार गरिरहेको छ। बक्स अफिस तथ्याङ्क राख्ने वेबसाइट ‘सैकनिल्क’ का अनुसार १२ दिनमा फिल्मको कुल विश्वव्यापी कमाइ १,४३७.२५ करोड भारु पुगेको छ । विश्वभर सर्वाधिक कमाइ गर्ने भारतीय फिल्मको सूचीमा यो पाँचौँ स्थानमा छ । अब यसको नजर विश्वव्यापी रूपमा १,७४२.१० करोड भारु कमाएको ‘पुष्पा २’ को कीर्तिमान भङ्ग गर्नेतर्फ छ ।








