काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग ह्वाइटहाउसमा भएको भेटमा चर्काचर्कीपछि युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्की बेलायत पुगेका छन् । जेलन्स्कीले बेलायती प्रधानमन्त्री किएर स्टार्मरसँग भेटवार्ता गरेका हुन् ।

रूस–यूक्रेन युद्धलाई लिएर अमेरिकी राष्ट्रपति ट्रम्पसँग भएको मतभेदलगत्तै युक्रेनी राष्ट्रपति जेलेन्स्कीलाई बेलायतले युक्रेनको साथमा रहेको प्रतिक्रिया जनाएको थियो ।

बेलायतका प्रधानमन्त्री किएर स्टार्मरले जेलेन्स्कीसँगको भेटमा पनि युक्रेनलाई बेलायतको साथ रहेको दोहो¥याए । राष्ट्रपति जेलेन्स्कीले बेलायतको साथ र सहयोगका लागि धन्यवाद दिए ।

यसअघि युक्रेनी राष्ट्रपति जेलेन्स्की र अमेरिकी राष्ट्रपतिबीच शुक्रवार भएको भेटका क्रममा चर्काचर्की भएपछि रुस–युक्रेन युद्ध अन्त्य गर्ने प्रयास तत्कालका लागि असफल भएको छ । साथै युक्रेन र बेलायतबीच दुई दशमलव २६ बिलियन पाउण्डको नयाँ ऋण सम्झौता भएको छ ।

जेलेन्स्की र बेलायतका प्रधानमन्त्री स्टार्मरले सैन्य सहयोगका लागी ऋण पत्रमा हस्ताक्षर गरेका छन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय