काठमाडौं । युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले हालै अमेरिकासँग खनिज सम्झौतामा हस्ताक्षर गर्न तयार रहेको बताएका छन्। उनले सुरक्षा ग्यारेन्टी र नेटो सदस्यता प्राप्त भएमा राष्ट्रपतिको पद त्याग्ने इच्छा व्यक्त गरेका छन्। यद्यपि, युक्रेनले आफ्नो भूभाग कुनै पनि हालतमा नछोड्ने दृढ अडान राखेको उनले स्पष्ट पारेका छन्।

जेलेन्स्कीले अमेरिकी सहयोगमा भएको र भविष्यमा यससँग सहकार्य गर्न चाहेको बताए ।

जेलेन्स्कीले युरोपेली देशहरूको समर्थनलाई उच्च मूल्य दिएका छन् र रुससँगको युद्धमा युक्रेनको भूभागको रक्षा गर्ने आफ्नो दृढ निर्णय दोहो¥याएका छन्। उनले भने, “रुसले कब्जा गरेको कुनै पनि क्षेत्र युक्रेनले आफ्नो क्षेत्रको रूपमा स्वीकार्ने छैन।“

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय