नेपालमा हाल राजावादी लहर पुनः सक्रिय हुनुका मुख्य कारणहरू राजनीतिक अस्थिरता, भ्रष्टाचार, बेरोजगारी, र समग्र विकासमा भएको ढिलाइ हुन्। २०६२/६३ को जनआन्दोलनपछि गणतन्त्र स्थापना भए पनि अपेक्षित स्थिरता र समृद्धि हासिल हुन सकेको छैन। बारम्बार सरकार परिवर्तन, नेताहरूको असफलता, र जनअपेक्षाअनुसार शासन सञ्चालन हुन नसक्दा नागरिक निराश बनेका छन्। लाखौं युवा रोजगारीका लागि विदेशिन बाध्य छन्, जसले झन् असन्तोष बढाएको छ।

धेरै नागरिक, विशेष गरी वृद्ध पुस्ता र केही युवा पुस्ता, राजसंस्थाको पुनर्स्थापनालाई देशको स्थिरता, कम भ्रष्टाचार, र राम्रो शासनको उपायका रूपमा हेर्न थालेका छन्। तर प्रश्न उठ्छ— के राजसंस्था फर्किएर यी समस्या समाधान हुन्छन्? कि परिवर्तनको लागि अरू विकल्प खोज्नुपर्छ?

यदि भ्रष्टाचार अन्त्य गर्न, स्थिर शासन ल्याउन, र जनताको जीवनस्तर सुधार गर्नुछ भने केवल राजसंस्थाको पुनःस्थापनाले मात्र समाधान दिन सक्दैन। यसको लागि नयाँ सोच, दृढ संकल्प, र सही नेतृत्व आवश्यक छ। फेरि क्रान्तिको आवश्यकता छ, तर यो हिंसात्मक होइन, सशक्त विचार र संगठनको क्रान्ति हुनुपर्छ। अब जंगल पस्ने होइन, जनताको शक्ति सिंहदरबार भित्र पुर्‍याउने बेला आएको छ। परिवर्तन केवल राजसंस्थाको पुनःस्थापनाबाट होइन, सिंगो व्यवस्थाको सुधारबाट सम्भव छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय