काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ राजनीतिक दलका नेताहरूलाई गलत नगर्न र सही बाटोमा हिँड्न सुझाव दिएका छन् ।

बुधवार काठमाडौंमा युवा संघको स्वयं सेवक भेला कार्यक्रमलाई सम्बोधन गर्दै उनले नयाँ राजनीतिक दलहरू सिक्दै अघि बढिरहेको पनि बताए ।

उनले नेकपा (माओवादी केन्द्र) प्रति लक्षित गर्दै हतियार उठाएर थाकेका, क्रान्ति गर्छु भनेर उपद्रो मच्चाएका थकित तत्त्वहरूको संज्ञा दिँदै नयाँ राजनीतिक दलहरूलाई त्यस्ताको पछि नलाग्न पनि आग्रह गरे ।

नयाँ राजनीतिक दलहरूलाई सामन्तवादी प्रणाली पुनः स्थापित गर्नेहरूको पक्षपोषणमा लागेको आरोप लगाए । प्रधानमन्त्री ओलीले आफूहरू धैर्यतापूर्वक अघि बढ्ने र देश, विकासको गति, समयको गतिलाई अघि बढ्नबाट कसैले रोक्न खोजे त्यो कुरा सह्य नहुने चेतावनी दिए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय