सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले संविधानमाथि आँच आउने गरी गतिविधि गर्न कसैलाई छुट नभएको बताएका छन् ।

स्याङ्जाको वालिङ नगरपालिका–१३ उदियाचौरस्थित सरस्वती माध्यमिक विद्यालयको स्वर्ण महोत्सव समारोहलाई सम्बोधन गर्दै सञ्चारमन्त्री गुरुङले गणतन्त्र तथा संविधान विरोधी गतिविधि गर्ने छुट कोहीलाई पनि नभएको बताए ।

हिंसात्मक गतिविधि, लुटपाट, आगजनी तथा शान्तिसुरक्षा खलल पार्नेगरी संविधान विरोधी गतिविधि गर्नेलाई राज्यद्रोहको मुद्दा लगाउन सकिने उनी बताउँछन् ।

“गणतन्त्रको युगमा राजतन्त्र खोज्नु बिजुलीको युगमा अगुल्टो खोज्नु जस्तै हो”, सञ्चारमन्त्री गुरुङले भने, “अहिले देश धेरै अगाडि गइसकेको छ, अब पछाडि फर्किन सम्भव छैन, राजतन्त्र आउने कुरा कल्पना बाहिरको कुरा हो ।”

नागरिकले राजनीतिक दलहरुबाट गरेका आशा तथा अपेक्षा चाहेअनुरुप पूरा हुन नसके पनि गणतन्त्रपश्चात् विकासले धेरै फड्को मारेको सञ्चारमन्त्री गुरुङको भनाइ थियो ।

मुर्खहरु मात्रै निरकुंश राजतन्त्र ल्याउनुपर्छ भनेर लाग्ने गरेको उल्लेख गर्दै उनले सज्जनले यस्तो कुरा उठाउनै नसक्ने बताए । “राजतन्त्र त्यो दिन सक्कियो जुन दिन नारायणहिटी दरबार हत्याकाण्ड भएको थियो”, उनले भने ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय