काठमाडौं । सरकारले काम गर्ने क्षमतामाथि प्रश्न गर्दै प्राधिकरणबाट निकालिएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले केही बेरमा नै पत्रकार सम्मेलन गर्दैछन् । उनले काठमाडौंको बानेश्वर स्थित इन्द्रेणी कम्ल्लेक्समा पत्रकार सम्मेलन गर्ने भएका हुन् ।

हिजो मात्रै सर्वोच्च अदालतले कुलमान घिसिङलाई पदमुक्त गर्ने सरकारको निर्णयमा अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो । त्योसंगै सरकारले नियुक्त गरेका हितेन्द्रदेव शाक्यलाई कार्यकारी निर्देशकको रुपमा काम बाटो खुला गरेको थियो। तीन दिनको सुनुवाइपछि सर्वोच्चले कुलमान र हितेन्द्रको रिट निवेदनमाथि प्रारम्भिक आदेश गरेको थियो ।

न्यायाधीशहरू डा. कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासले घिसिङलाई पदमुक्त गर्ने सरकारको निर्णयमाथिको मुद्दामा अन्तिम किनारा लगाउँदै अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । तर इजलासले मुद्दालाई प्राथमिकता दिने भन्दै अग्राधिकार आदेश दिएको छ ।

यद्यपि, अदालतले कुलमानको रिटलाई अग्राधिकार दिन आदेश गरेको छ । यस्तै शाक्यले दायर गरेको रिटमा पनि सर्वोच्चले अन्तरिम आदेश जारी नहुने आदेश गरेको छ । प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिसम्बन्धी विवादमा निवर्तमान कार्यकारी निर्देशक घिसिङ र नवनियुक्त कार्यकारी निर्देशक शाक्यले एकसाता अघि अन्तरिम आदेश माग गर्दै रिट दायर गरेका थिए ।

सरकार र अदालत दुबैबाट असन्तुष्ट देखिएका कुलमानले आज पत्रकार सम्मेलन गरेर आफ्नो भनाइ राख्ने भएका हुन ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय