रुको नाममा दर्ता भएका सिमकार्ड प्रयोग नगर्न नेपाल टेलिकमले आग्रह गरेको छ । एक सूचना जारी गर्दै टेलिकमले डिजिटल युगमा सिमकार्ड व्यक्तिको पहिचान बन्ने भएकाले आफ्नै नाममा दर्ता भएको सिमकार्ड मात्रै प्रयोग गर्न आग्रह गरेको हो ।

अहिले राष्ट्रिय परिचयपत्र बनाउन, बैंक खाता खोल्न वा चलाउन, सवारी चालक अनुमतिपत्रका लागि आवेदन दिन, नागरिक एपमा दर्ता हुन तथा सरकारी सेवाका लागि आवश्यक एकपटक प्रयोग हुने पासवर्ड ओटीपी प्रयोग गर्न आफ्नै नाममा दर्ता भएको सिमकार्ड अनिवार्य गरिएको छ ।

त्यस्तै अनलाइन फारम भर्न, पासपोर्ट बनाउन वा नागरिकताको सम्पर्क नम्बरका लागि समेत आफ्नै नामको सिमकार्ड चाहिन्छ । हाल प्रयोग गरिरहेको सिमकार्ड आफ्नै नाममा दर्ता नभएको खण्डमा सेवा लिन समस्या आउन सक्ने र व्यक्तिगत डेटा सुरक्षामा समेत जोखिम पैदा हुन सक्ने टेलिकमले जनाएको छ ।

तपाइकाे सिमकार्ड कसको नाममा दर्ता छ ? थाहा पाउन नेपाल टेलिकम प्रयोगकर्ताले *922# डायल गर्नुपर्छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय