काठमाडौँ:ललितपुर महानगरपालिकाले पैदलयात्रीको सुरक्षा बढाउने उद्देश्यले जावलाखेलमा स्मार्ट सेफ्टी ब्यारिकेट सञ्चालनमा ल्याएको छ ।

नेपालमै पहिलो पटक परीक्षणका रूपमा जडान गरिएको यो प्रणालीले ट्राफिक नियमको पालना गराउन र सडक दुर्घटना न्यूनीकरण गर्न सहयोग गर्ने अपेक्षा गरिएको छ । ट्राफिक बत्तीसँग समन्वय गरेर सञ्चालन हुने स्मार्ट सेफ्टी ब्यारिकेटले पैदलयात्रीलाई तोकिएको समयमा मात्रै जेब्रा क्रसिङ प्रयोग गर्न प्रोत्साहित गर्नेछ ।

हरियो बत्ती बल्दा ब्यारिकेट खुल्ने र रातो बत्ती बल्दा बन्द हुने व्यवस्था गरिएको छ । बीचमा पैदलयात्री भए सेन्सरका कारण ब्यारिकेट बन्द हुँदैन । यसले सडक पार गरिरहेका व्यक्तिलाई सुरक्षित रूपमा आवतजावत गर्न सहयोग गर्ने र सम्भावित दुर्घटनाको जोखिम कम गर्ने महानगरको भनाइ छ । जसले थप सुरक्षा प्रदान गर्ने विश्वास गरिएको छ ।

महानगरले जेब्रा क्रसिङ बाहेक अन्य स्थानबाट सडक पार नर्गन सडकको दायाँ बायाँ गमला राख्ने तयारी पनि गरेको छ । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले ट्राफिक नियम पालना नहुँदा र जेब्रा क्रसिङको सही प्रयोग नहुँदा पैदलयात्री दुर्घटना बढेको बताए ।

उनले स्मार्ट सेफ्टी ब्यारिकेटले पैदलयात्री र सवारी चालक दुवैका लागि सडकलाई सुरक्षित र व्यवस्थित बनाउन सहयोग गर्ने विश्वास गरेका छ । हाल जावलाखेलका दुई स्थानमा परीक्षणका रूपमा जडान गरिएको यो प्रणाली सफल भए ललितपुर महानगरभित्र ट्राफिक बत्ती भएका अन्य चोकमा पनि विस्तारमा गरिने महानगरले जनाएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय