काठमाडौँ :प्रतिनिधिसभा बैठकमा प्रतिपक्षी दलहरूले उठाएका प्रश्नको प्रतिवाद गर्न सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसदहरूले नियमापत्तिको सहारा लिएका छन्।

बैठकमा नेकपाका सांसद रमेश कुमार मल्लले मिडिया हाउस र कांग्रेस सभापति गगन थापाको घर अगाडि शंकास्पद गाडी पार्किङ गराउनुमा राज्य संरक्षित गिरोहको हात रहेको आरोप लगाएपछि रास्वपा सांसद टिका संग्रौलाले नियमापत्ति जनाउनुभएको छ। सिंगो राज्यमाथि आरोप लगाउनु नियमावली विपरीत भएको उहाँको तर्क थियो।

यसैगरी, नेपाली कांग्रेसका सचेतक निश्कल राईले प्रधानमन्त्री बालेन शाहलाई श्री ८ को संज्ञा दिँदै सरकार निरंकुश बन्न खोजेको आरोप लगाउनुभयो। लगत्तै रास्वपा सांसद शिव शंकर यादवले नियमापत्ति जनाउँदै गणतान्त्रिक व्यवस्थामा श्री ८ जस्ता असंवैधानिक शब्द प्रयोग गर्न नमिल्ने भन्दै उक्त भनाइ संसद्को रेकर्डबाट हटाउन माग गर्नुभएको छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय