काठमाडौँ:मिटरब्याज पीडितहरु गृहमन्त्री सुधन गुरुङ भेट्न आउने खबर पाएपछि निजगढमै रोकिएका छन् ।

मंगलबार बिहान पैदल न्याय मार्चलाई निरन्तरता दिने तयारीमा रहेका पीडितहरुलाई स्थानीय प्रहरीले गृहमन्त्री सुधन गुरुङ भेट्न आउने जानकारी दिएपछि उनीहरू फर्केर उद्योग वाणिज्य संघको सभाहलमै बसेका छन् । आज बिहान पैदल मार्च सुरु गरे पनि प्रहरीको अनुरोधपछि उनीहरू फर्केर उद्योग वाणिज्य संघको सभाहलमै बसेका छन् । मिटरब्याज पीडित संघर्ष समितिका नेता मनोज पासवानका अनुसार गृहमन्त्रीसँगको भेटमा पीडितका माग र समस्या समाधानका विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।

उनले सरकारले ठोस प्रतिबद्धता जनाए त्यसअनुसार आन्दोलनको आगामी कार्यक्रम तय गरिने बताएको छ । असार २५ गते जनकपुरधामबाट सुरु भएको मिटरब्याज पीडितहरूको पैदल न्याय मार्च सोमबार साँझ बाराको निजगढ पुगेको थियो । पीडितहरूले मिटरब्याजबाट पीडित बनेकालाई न्याय, दोषीमाथि कारबाही र प्रभावकारी कानुन कार्यान्वयनको माग गर्दै आन्दोलन गरिरहेका छन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय