काठमाडाैँ :नेकपा एमालेका सचेतक ऐन महरले सरकारको विरोध गर्दा आफूलाई मार्ने धम्की आउने गरेको गुनासो गरेका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले आफूहरू जनताले निर्वाचित गरेर संसद पठाएका प्रतिनिधि भएकाले जनताका कुरा उठाउनु आफ्नो जिम्मेवारी भएको बताए । सरकारले राम्रो काम गरे समर्थन गर्ने र कुनै कमजोरी देखिए विरोध गर्ने आफ्नो पार्टीको नीति रहेको उनले स्पष्ट पारे । सरकारलाई सही बाटोमा अघि बढाउन र जनताका समस्या उठाउन आफूहरूले रचनात्मक भूमिका खेलिरहेको उनको भनाइ थियो ।

महरले सरकारको आलोचना गर्दा केही व्यक्तिले फेसबुक र फोनमार्फत निरन्तर धम्की दिने गरेको गुनासो गरे । प्रमुख सचेतक महरले संसद चलिरहेकै बेला पनि आफूलाई सामाजिक सञ्जाल फेबसुकमा गोली हानेर मारिदिने धम्की आएको बताए ।

धम्की दिने व्यक्तिले आफ्नो फोन नम्बर र ठेगानासमेत उल्लेख गरेको जानकारी उनले सभामुख डीपी अर्याललाई गराए ।

‘सरकारको हामी गुण र दोषको आधारमा समर्थन र विरोध गर्छौं । सरकारलाई हामी सही बाटो देखाउन चाहन्छौं,’ उनले भने, ‘बिडम्बना, सदनमा बोलिरहँदा सरकारको कहिलेकाँही विरोध गरेको केही मान्छेहरूलाई आभाष हुँदो रहेछ । मलाई निरन्तर धम्की आइराखेको छ । फेसबुकमा, फोनमा गोली हानिदिन्छु, मारिदिन्छु भनेको छ ।’ प्रमुख सचेतक महरले संसद चलिरहेकै बेला पनि आफूलाई सामाजिक सञ्जाल फेबसुकमा गोली हानेर मारिदिने धम्की आएको  बताए ।

यस्ता धम्कीले निर्वाचित जनप्रतिनिधिलाई स्वतन्त्र रूपमा बोल्न र आफ्नो जिम्मेवारी निभाउन कठिन हुने भन्दै उनले यस विषयलाई गम्भीर रूपमा लिन आग्रह गरे । साथै, सामाजिक सञ्जालमार्फत आउने यस्ता धम्की रोक्न र दोषीमाथि आवश्यक कानुनी कारबाही गर्न सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय