काठमाडौँःकाठमाडौँको गोठाटारकी ४१ वर्षीया मनिता शर्माको प्रसूतिको क्रममा मृत्यु भएको छ । एभरेस्ट अस्पताल र स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. ज्योत्सना शर्मा तिवारीले उपचारमा लापरबाही गरेको अदालतले ठहर गरेको छ ।

अदालतले एभरेस्ट अस्पताललाई ३० लाख रुपैयाँ र डा. तिवारीलाई ९ लाख रुपैयाँ गरी कुल ३९ लाख रुपैयाँ क्षतिपूर्ति पीडित परिवारलाई दिन आदेश दिएको हो । मनिताका श्रीमान् सुवास पराजुलीले उपचारमा लापरबाही भएको भन्दै अदालतमा मुद्दा दायर गरेका थिए । अदालतका अनुसार मनितालाई गर्भावस्थामै उच्च रक्तचाप र गम्भीर प्रि–एक्लेम्प्सियाको समस्या थियो । २५ मंसिर २०८१ मा पेट दुखेपछि उनी एभरेस्ट अस्पताल पुगेकी थिइन् । सिजेरियन गरेर बच्चा जन्माइए पनि उनको स्वास्थ्य अवस्था बिग्रँदै गयो ।

अदालतले यस्तो अवस्थामा शल्यक्रियाअघि दिनुपर्ने म्याग्नेसियम सल्फेट औषधि अपरेसनपछि मात्रै दिइएको भन्दै यसलाई उपचारमा भएको ठूलो गल्ती मानेको छ । अदालतले चिकित्सकले आवश्यक सावधानी नअपनाएको र अस्पतालले पनि बिरामीको उपचार राम्रोसँग व्यवस्थापन गर्न नसकेको निष्कर्ष निकालेको छ ।

विशेषज्ञ चिकित्सकको राय र विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को उपचार निर्देशिकाका आधारमा अदालतले अस्पताल र चिकित्सक दुवैलाई जिम्मेवार ठहर गर्दै पीडित परिवारलाई ३९ लाख रुपैयाँ क्षतिपूर्ति दिन आदेश दिएको हो ।

 

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय