काठमाडौँःप्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले निर्वाचनमा सहभागी नहुने राजनीतिक दललाई अनिश्चितकालसम्म दर्तामा कायम राख्न नहुने बताएका छन् ।
संसदीय सुनुवाइका क्रममा उनले निर्वाचनमा भाग नलिने दलको दर्ता खारेज गर्ने कानुनी व्यवस्था गर्नुपर्ने धारणा राख्दै दल दर्ता प्रणालीलाई थप व्यवस्थित र मर्यादित बनाउने प्रतिबद्धता जनाए । उनको कार्ययोजनामा निर्वाचनमा सहभागिता नजनाउने दलको दर्ता खारेज गर्ने, राजनीतिक दललाई सार्वजनिक कोषबाट अनुदान उपलब्ध गराउने, दलहरूको आन्तरिक निर्वाचन र महाधिवेशनमा आयोगको प्रभावकारी अनुगमन गर्ने, ‘नो भोट’ र विदेशबाट मतदानको व्यवस्था गर्ने लगायतका विषय समावेश छन् ।






