काठमाडौँःहुण्डी कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले धादिङका ४९ वर्षीय राजेन्द्रप्रसाद रिजाललाई पक्राउ गरेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का अनुसार गोप्य सूचनाका आधारमा बैंकिङ कारोबार विश्लेषण गर्दा रिजालले अन्य व्यक्तिसँगको मिलेमतोमा व्यक्तिगत बैंक खाता प्रयोग गरी १ अर्ब ८९ करोड ६५ लाख ३९ हजार ४५४ रुपैयाँ बराबरको हुण्डी कारोबार गरेको देखिएको हो । काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति लिएपछि साउन १२ गते नागार्जुन–८ स्थित राधाकृष्ण मन्दिर क्षेत्रबाट उनलाई पक्राउ गरिएको सीआईबीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय