काठमाडौँःकर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर शाहीले बुधबार पद तथा गोपनीयताको शपथ लिएका छन्।
वीरेन्द्रनगरस्थित प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा उनले प्रदेश प्रमुख यज्ञराज जोशीसमक्ष शपथ लिएका हुन् । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका नेता शाहीलाई मंगलबार संविधानको धारा १६८ (२) अनुसार प्रदेशको पाँचौँ मुख्यमन्त्रीमा नियुक्त गरिएको थियो । ४० सदस्यीय कर्णाली प्रदेशसभामा सरकार गठनका लागि २१ सांसद आवश्यक पर्नेमा नेकपा र एमालेसँग गरी २४ सांसद रहेका छन् ।
यसअघि नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको सहमतिअनुसार कर्णाली सरकारको नेतृत्व नेकपाले पाएको हो ।






