काठमाडौँःचिकित्सा शिक्षा आयोगले आर्थिक वर्ष २०८३/८४ का लागि ६ अर्ब ५५ करोड २५ लाख ९८ हजार रुपैयाँ बराबरको कार्यक्रम तथा बजेट स्वीकृत गरेको छ।

प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’को अध्यक्षतामा बुधबार बसेको आयोगको २७औँ बैठकले उक्त बजेट स्वीकृत गरेको हो । स्वीकृत बजेटमध्ये नेपाल सरकारबाट ५ अर्ब ९९ करोड २१ लाख रुपैयाँ र आयोगको आन्तरिक स्रोतबाट ५६ करोड ४ लाख ९८ हजार रुपैयाँ जुटाइनेछ । आयोगले आन्तरिक स्रोतबाट चालुतर्फ ४७ करोड ४२ लाख ९८ हजार र पुँजीगततर्फ ८ करोड ६२ लाख रुपैयाँ विनियोजन गरेको जनाएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय