काठमाडौँःजिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी सुदीप पाठकको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा सरुवा भएको छ ।
पर्साको नयाँ एसपीका रूपमा जिल्ला प्रहरी परिसर काठमाडौंमा कार्यरत एसपी पवनकुमार भट्टराईलाई पठाइएको छ । नारायणी अस्पताल वीरगञ्जमा चिकित्सकमाथि भएको दुव्र्यवहारको घटनापछि चिकित्सकहरूले एसपी र सीडीओको सरुवा माग गर्दै आन्दोलन गरेका थिए । यसअघि पाल्पा प्रहरी प्रमुख रहेका एसपी भट्टराईलाई जेनजी आन्दोलनपछि सुरक्षा चुनौती बढेको भन्दै काठमाडौं ल्याइएको थियो ।
उनी अपरेसन तथा फिल्ड कमान्डमा अनुभवी प्रहरी अधिकारीका रूपमा चिनिन्छन् । एसपी भट्टराईको स्थानमा भने सीआईबीमा कार्यरत दानबहादुर थापालाई जिम्मेवारी दिइएको छ ।






