काठमाडौँःसुनसरी घटनासहित देशको समग्र शान्ति सुरक्षाको अवस्थाबारे छलफल गर्न राष्ट्रिय सुरक्षा परिषद्को बैठक सुरु भएको छ ।

परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को आह्वानमा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक बसेको हो । बैठकमा रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, मुख्य सचिव, नेपाली सेनाका प्रधान सेनापति तथा रक्षा सचिव सहभागी छन् । परिषद्ले राष्ट्रिय सुरक्षा, प्रतिरक्षा नीति, नेपाली सेनाको परिचालन तथा आधुनिकीकरणलगायत विषयमा सरकारलाई सिफारिस र आवश्यक राय प्रदान गर्ने जिम्मेवारी निर्वाह गर्छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय