काठमाडौँःसुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगन्जमा भएको झडप र त्यसपछि उत्पन्न परिस्थितिबारे समीक्षा गर्दै राष्ट्रिय सुरक्षा परिषद्को बैठक सम्पन्न भएको छ ।
बैठकमा झडपका क्रममा एक जनाको मृत्यु भएको घटनाबारे छलफल भएको बताइएको छ । आगामी दिनमा यस्ता संवेदनशील घटना दोहोरिन नदिन सबै सुरक्षा निकाय र सरोकारवालाबीच समन्वय गरी सामाजिक सद्भाव तथा राष्ट्रिय एकताको भावना कायम राख्न प्रभावकारी रूपमा काम गर्ने विषयमा छलफल भएको छ । त्यसैगरी बैठकमा विपद् प्रतिकार्यका विषयमा समेत छलफल भएको जनाइएको छ ।
सुनसरी घटनापछि प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएका थिए ।






