काठमाडौँःसिरहामा दुई पक्षबीच भएको झडपमा दुई जना घाइते भएका छन् ।

सुनसरीको घटनाको प्रभाव सिरहामा पनि परेको हो । स्थिति तनावपूर्ण बनेपछि स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ । कर्फ्यू जारी रहे पनि प्रदर्शनकारीले प्रदर्शन जारी राखेका छन् । आगजनी र तोडफोड हुन थालेपछि प्रहरीले गोली चलाएको जनाएको छ । प्रदर्शनका क्रममा घाइते भएका दुई जनालाई उपचारका लागि अस्पताल पुर्‍याइएको छ भने एक जनालाई थप उपचारका लागि धरान पठाइएको छ । प्रहरीका अनुसार प्रदर्शनकारीले एक मोटरसाइकल ग्यारेजबाट मोटरसाइकल निकालेर आगजनी गरेका थिए ।

आगजनीबाट ११ वटा मोटरसाइकल जलेर नष्ट भएका छन् । सुरक्षा अवस्था नियन्त्रणमा लिन प्रहरीले थप निगरानी बढाएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय