काठमाडौँःसुनसरी घटनाको विरोधमा जनकपुरमा बिहीबार बिहानदेखि प्रदर्शन चर्किएको छ ।
रामानन्द चोकबाट सुरु भएको प्रदर्शन अन्य क्षेत्रमा फैलिएको छ भने प्रदर्शनकारीले सडक अवरुद्ध गरेका छन् । धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलका अनुसार, अहिले जिल्ला सुरक्षा समितिको बैठक बसिरहेको छ । उनले परिस्थितिको मूल्यांकन गर्दै आवश्यक परे कफ्र्यु लगाउने विषयमा पनि छलफल भइरहेको बताए । दुई पक्षबीच झडप भएपछि सुरक्षा अवस्था संवेदनशील बनेको भन्दै चोक–चोकमा प्रहरी परिचालन गरिएको छ ।
सुनसरीको देवानगञ्जमा भएको झडपपछि मधेशका अन्य जिल्लामा पनि तनाव फैलिएको छ ।






