काठमाडौँःगृहमन्त्री सुधन गुरुङ सुनसरी जाने भएका छन् ।
प्रधानमन्त्री बालेन शाहसँग भेटवार्ता गरेपछि गुरुङ केहीबेरअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट बाहिरिएका थिए । प्रधानमन्त्रीका प्रेस सहजकर्ता सुरेन्द्र बजगाईंका अनुसार प्रधानमन्त्रीसँगको छलफलपछि गृहमन्त्री गुरुङ सुनसरी जान लागेका हुन् । उनले सुनसरीका जनप्रतिनिधिसँग समन्वय गरेर घटनास्थल जाने जानकारी दिए । ‘गृहमन्त्रीज्यू प्रधानमन्त्रीसँगको सल्लाहपछि सुनसरी जाँदै हुनुहुन्छ,’ बजगाईंले भने ।






